धरान : सुनसरी सुनचाँदी व्यवसायी सङ्घको छैठौं साधारण सभाले राजेश अग्रवाललाई निर्विरोध अध्यक्षमा चयन गरेको छ ।

यसै गरी उपाध्यक्षमा राजेश श्रेष्ठ, सचिवमा रोहन हाडा, कोषाध्यक्षमा मनोज अग्रवाल सहसचिवमा अमेश श्रेष्ठ सदस्यहरूमा क्रमशः मान बहादुर कालिकोटे,विद्या शाक्य, हिरा श्रेष्ठ, कुमार श्रेष्ठ, विजय कुमार अग्रवाल र वसन्त राईलाई चयन गरेको छ ।

सुनसरी सुनचाँदी व्यवसायी सङ्घको भवनको पनि उद्घाटन सँगै २१ औँ वार्षिक उत्सव पनि सोमबारनै सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि प्रदेश १ का सभामुख प्रदीप कुमार भण्डारी रहेका थिए ।

Sunchadi-beyabasai-1