धरान : धरान १३ फुस्रे बजारको ऐतिहासिकता झल्काउने मूर्तिहरूको आज अनावरण गरिएको छ ।

तत्कालीन फुस्रे बजारको ऐतिहासिकता झल्काउने विभिन्न ५ वटा मूर्तिहरूको प्रदेश नं। १ का सभामुख प्रदीप भण्डारीले एक समारोहका बिच अनावरण गरेका हुन् । त्यसै गरी फुस्रे चौकमै निर्माण गरिएको सर्दु जलधर क्षेत्रको मोडलको पनि उद्घाटन गरिएको छ ।

Phusre-1

धरान नगरको गौरवको आयोजना अन्तर्गत १५ लाख लागतमा निर्मित ५ वटा मूर्तिहरू मूर्तिकार धिरज राईले निर्माण गरेका हुन् ।

धरान धनकुटा सडक निर्माण हुनु पूर्व फुस्रे बजार व्यापारिक बजार थियो । सडक जिरोप्वाईन्टबाट तर्काएर लगिएपछि फुस्रे बजार ओझेलमा परेको थियो । फुस्रे बजारको साख फकाउने अभियानका साथ पछिल्लो समय फुस्रेमा पर्यटकको आकर्षणका लागि विभिन्न कार्यहरू हुँदै आएका छन् ।

कोशी पहाडी क्षेत्रमा सवारी साधन नपुग्दा धरानको फुस्रे बजार व्यापारिक केन्द्र बनेको थियो । त्यो बेला पहाडबाट भारी बोकेर पहाडमा उत्पादन भएका सामाग्री बिक्री गर्न र फुस्रेबाट दैनिक उपभोग्य सामाग्रीहरू लाने गरिन्थ्यो । त्यो बेलाको अवस्थालाई मूर्ति मार्फत झल्काइएको छ ।

बनेका मूर्तिहरूमा भरिया, व्यापारी, साहु र हिमाली झल्को दिने सेर्पा महिला र तराइबासी व्यापारीको मूर्ति बनाइएको छ ।

 

Phusre-4 फुस्रे बजारको ऐतिहासिकता झल्काउने मूर्तिहरू अनावरणको क्रममा फुस्रेका ज्येष्ठ नागरिकहरूलाई पनि सम्मान गरिएको थियो । सम्मानित हुने ज्येष्ठ नागरिकहरूमा ९२ वर्षीय चन्द्रप्रसाद घिमिरे, ८२ वर्षीय रत्नकाजी शाही, ७७ वर्षीय पूर्णबहादुर योञ्जन, ८५ वर्षीय हर्कबहादुर कार्की, ८० वर्षीय कुमारमान श्रेष्ठ, ८१ वर्षीय मदनकृष्ण श्रेष्ठ, ८० वर्षीय विष्णु श्रेष्ठ, ७६ वर्षीय जयन्ती श्रेष्ठ, ७२ वर्षीय देवी श्रेष्ठ, ७७ वर्षीय इन्द्रमाया शाही र ८९ वर्षीय दिलबहादुर राई रहेका छन् । उनीहरूलाई १३ नम्बर वडाका वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा प्रदेश १ का सभामुख प्रदीप भण्डारीले हिजो कोशी राजमार्ग पस्रेबाट तर्काएर लगिएपछि ओझेलमा परेको र फुस्रेको गिरेको साख यो आज अनावरण गरिएका मूर्तिहरूले फर्काउने विश्वास व्यक्त गरे ।

 

Murtikar-Dhiraj-Rai अनावरण गरिएका मूर्तिहरूले तत्कालीन फुस्रेको झल्को दिने बताउँदै अब फुस्रे बजारको साख फर्काउने स्थानीयवासीको अभियानमा आफू पनि सँगै रहेको बताए ।

ढिलो गरी कार्यक्रममा आइपुगेका धरान उपमहानगरपालिकाका मेयर तिलक राईले ऐतिहासिक फुस्रे बजारलाई चम्काउन स्थानीयवासीको अभियानमा धरान उपमहानगरपालिकाको सधैँ साथ रहने बताए ।

१३ नम्बर वडाका वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले फुस्रे बजार साँच्चै ऐतिहासिक बजार भएको बताउँदै उनले भने २०१७ सालमा स्थापना भएको पुरानो पुस्तकालय जनता पुस्तकालय फुस्रेमै रहेकोले पस्रेको ऐतिहासिकता झल्काउने मूर्तिहरूको अनावरणले अव धरानको पुरानो फुस्रे बजारको गिरेको साख फर्किने छ ।

फुस्रे चौक सौन्दर्यीकरण निर्माण उपभोक्ता समितिका अध्यक्ष गौतम श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा ज्येष्ठ नागरिक तथा फुस्रे माविका पूर्व प्रधानाध्यापक कुमारमान श्रेष्ठ लगायतले आ आफ्नो धारणा राखेका थिए ।

Phusre-2 Phusre-3 Phusre-5