धरान : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं नेपाल सरकारका उपप्रधान, स्वास्थ्य जनसंख्या मन्त्री उपेन्द्र यादव आइतबार पार्टीको काममा धरान आएको मौका पारेर बिहानै केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार पुगे ।

उनी कुनै बेला सोही क्याम्पसका विद्यार्थी थिए । लामो समयपछि क्याम्पस पुग्दा उनी खुशी थिए, सँगै भावुक पनि । क्याम्पसको निरीक्षण, अवलोकन गर्ने क्रममा उनी प्रयोगशाला (ल्याब) पुगे । त्यसबेला उनी निकै भावुक बने । क्याम्पस प्रमुख, प्राध्यापक, कर्मचारी र विद्यार्थीहरुसँग उनले आफुहरु टहरामा पढेको स्मरण गरे । 'यहाँ हाम्रो ल्याब थियो, अहिले पशुपति सरको विभाग रहेछ । माथी टहरामा हामीले पढेका थियौ । अहिले अरुलाइ भन्दा सबै छ्क्क पर्छन्,'भावुक हुदै मन्त्री यादवले भने ।

upendra hattisar 2

मन्त्री यादवसँग क्याम्पस प्रशासन र विद्यार्थीहरुले विभिन्न माग गरेका थिए । खास गरी न्युट्रीसन तथा डाइटिसियन विभागले आवश्यक दरवन्दी सृर्जना गर्नुपर्ने माग गरेको थियो । नेपाल सरकारलाई पर्याप्त मात्रामा डाइटिसियन चाहिए पनि आवश्यक दरबन्दी नभएकोलले दरबन्दी सृजना गरिनु पर्ने माग छ । यस्तै, क्याम्पस प्रशासनले डाइटिसियनहरुलाई नेपाल स्वास्थ्य ब्यबसायी परिषदमा दर्ता गरिनु पर्ने वा छुट्टै काउन्सिल बनाइदिनु पर्ने माग पनि गरेको थियो ।

upendra manterr 3

मन्त्री यादवले माग जायज भएकोले पुरा गर्ने आश्वासन दिएका थिए । सोही क्याम्पसमा आफुले अध्ययन गरेको स्मरण गर्दै मन्त्री यादवले डाइटिसियनको मात्र नभै आफु माइक्रोबायोलोजीको बिषयमा पनि संवेदनशील भएको बताए । 'यो क्याम्पस मेरो पनि क्याम्पस हो, मैले पनि यो क्याम्पसको शिक्षा लिएको छु । त्यसैले डाइटिसियनको मात्र होइन माइक्रोबायोलोजिको बिबयमा पनि म संबेदनसिल छु,' मन्त्री यादवले भने । क्याम्पसको शैक्षिक तथा भौतिक बिकासका लागि उनले क्याम्पस प्रमुख, प्राध्यापक, कर्मचारीहरु सबैप्रति आभार पनि व्यक्त गरेका थिए । मन्त्री यादवलाई क्याम्पस प्रमुख प्रा डा धन बहादुर कार्की र विद्यार्थीको तर्फबाट स्वबियु सभापति सौरब सन्जेलले माग पत्र प्रदान गरेका थिए।