झापा : झापाको धुलाबारीमा रहेको मेची क्राउन प्लाजा पुगेर पूर्व राजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष मनाएका छन् ।

उनी बिहीबार बेलुका मेची क्राउन प्लाजा पुगेका थिए । पूर्व राजा शाहले त्यहाँ करिब पाँच घण्टा बिताएको जनाइएको छ ।

पूर्व राजा शाह आफ्ना सचिवालयका केही कर्मचारीसँग त्यहाँ पुगेका थिए । पुर्व राजा अहिले झापाको दमकमा रहेको मिनी दरबारमा आइपुगेको बताइएको छ ।