इटहरी : ब्रान्डेड चस्मा लगाउनेहरूको लागी इटहरीको क्लियर भिजन भरपर्दो श्रोत भएको छ ।

बुधवार उद्घाटन भएको पसलले पूर्वमै पहिलो पटक ब्रान्डेड चस्माको बिक्री सुरु गरेको हो ।
सञ्चालक सुमन गुरागाईका अनुसार अहिलेसम्म काठमाडौँ पूर्व कसैले पनि नल्याएका चस्माहरू क्लियर भिजनले ल्याएको छ ।

मूल्य अनुसारको गुणस्तरका चस्मा उपलब्ध गराइने उनले बताए । पछिल्लो समय इटहरीमा ब्रान्डेड चस्माको खोजी बढेको कारण आफूले ब्रान्डेड चस्माका लागि क्लियर भिजन सुरु गरेको उनले बताए । रेवन लगायत ब्रान्डका चस्मा उपलब्ध यहाँ पाइने उनले बताए ।

त्यो सँगै पावरवाला चस्मा र त्यसका गुणस्तरीय फ्रेम पनि उपलब्ध गराउने गुरागाईले बताए । यस अघि पिनाक चस्मा घरका सञ्चालक गुरागाईले क्लियर भिजन सुरु गरेका हुन् ।