झापा : झापाको दमकमा रहेको एडभान्स मल्टिस्पेसियलिटी हस्पिटलको ५ औँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।

साधारण सभाले पुन: माधव पराजुलीको अध्यक्षतामा ९ सदस्य अस्पताल सञ्चालक समिति सर्वसम्मत रूपमा चयन गरेको छ । समितिको उपाध्यक्षमा कृष्ण तिम्सिना, सचिवमा परशुराम खरेल रहेका छन् भने सदस्यहरूमा डा. अनिल थापा, दीपक खरेल, डा. केपी सुबेदी, ऐश्वर्या तिम्सिना, भूपालराज कटुवाल र नारायण केसी रहेको अस्पताल व्यवस्थापक चैतन्य बरालले जानकारी दिएका छन् ।

यस्तै ५ औँ साधारण सभाले अस्पतालको नयाँ भवन बनाउने तथा थप सेवा सुविधा बिस्तार गर्दै लैजाने निर्णय पारित गरेको सदस्य दीपक खरेलले जानकारी दिएका छन् । अध्यक्षमा सर्वसम्मत भएपछि अध्यक्ष पराजुलीले अस्पतालमा थप सेवा सुविधा बिस्तार गर्दै लैजाने प्रतिबद्धता जनाएका छन् ।

त्यसैगरि ५ औँ साधारण सभाले पारित गरेका योजनाहरू अंक्षरस पालना गराउन आफू दत्तचित्त भएर लाग्ने अध्यक्ष पराजुलीको भनाइ छ । अस्पतालले यस क्षेत्रका सेवाग्राहीहरूलाई समयानुकूल सेवाहरू दिन लागिपरिरहने उनले प्रतिबद्धता समेत जनाएका छन् ।