धरान : प्रदेश १ मा आज ३ सय ६ जनाको कोरोना परीक्षण गर्दा ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार मोरङको बुढीगंगा नगरपालिकामा १ जना पुरुष, बेलबारी नगरपालिकामा २ जना महिलामा र सुनसरीको इटहरी उपमहानगरपालिकामा १ जना पुरुष गरी जम्मा ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

यो सँगै प्रदेश १ मा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ३० हजार ७४ पुगेको छ भने २९ हजार ४ सय ५६ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

अहिले प्रदेश १ मा १ सय ५५ जना आइसोलेसनमा रहेका छन् भने अहिले सम्म मृत्यु हुनेको सङ्ख्या ४ सय ६३ पुगेको छ । आज प्रदेश १ मा १० जना महिला र २४ जना पुरुष गरी ३४ जना होम आइसोलेसनबाट डिस्चार्ज भएका छन् ।