धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका हाउस अफिसरहरूले प्रतिष्ठानसँग माग गर्दै आएको मागहरू पुरा नभएको भन्दै फेरि आन्दोलित भएका छन् ।

उनीहरूले २०७६ सालको साउनमा बढेको तलब समेत अहिले सम्म नपाएको र सरकारले निर्णय गरे अनुसार कोरोना महामारीको बेलामा खटेका चिकित्सकलाई जोखिम भत्ता पनि उपलब्ध गराउनुपर्ने भनिएकोमा अहिले सम्म भत्ता नपाएको भन्दै आफूहरू आन्दोलित भएको प्रतिष्ठानका हाउस अफिसरहरूले बताए ।

उनीहरूले सरकारले तोके अनुसारको पारिश्रमिकको व्यवस्था गर्न दबाब गरौँ ‘ ,कल्ड अ हिरो, पेईड इन जिरो र थाकेको दिमाग र शरीर छ , यसरी बिरामीलाई दिनु कसरी ? भन्ने नारा उल्लेख गरिएका प्लेकार्ड सहित उपकुलपतिको कार्यालय अगाडी प्रदर्शन गरेका थिए ।

हाउस अफिसरहरूले भोलि पनि आन्दोलन जारी राख्ने र धर्ना दिने बताएका छन् । आफ्नो माग पुरा नहुन्जेल सम्म आन्दोलन जारी रहने आन्दोलनरत हाउस अफिसरहरूले बताए ।
BP-Andolit