धरान : सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिकाको सिमाना महादेव भिरमा गए राति ट्रिफर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

गए राती करिब साढे ११ बजे बा ४ ख ७९८० नम्बरको ट्रिफर दुर्घटना हुँदा धादिङ घर भएका ३३ वर्षीय चालक कमल मगर, हेटौडाका अन्दाजी ३३ वर्षका राम कुमार मगर, सप्तरीका १९ वर्षीय कृष्ण चौधरीको मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

हेटौडाका २३ वर्षीय रमेश मगर गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि जिल्ला अस्पताल फाप्ला ल्याइएको छ । दुधकोशी सोलु खोलाको (८६ मेगावाट) जलविद्युत आयोजनाको निर्माण सामाग्री लिएर आएको उक्त ट्रिफर भीरबाट करिब ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।