धरान : इलाका प्रहरी कार्यालय धरानले 'क्लिन धरान' नामक स्वीप अप्रेसन सँगै लागुऔषध नियन्त्रण सम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।

धरानका डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले धरानमा लागुऔषध विरुद्ध कठोर बन्ने भन्दै ’क्लिन धरान’ नामको स्वीप अप्रेसन चलाएको र विद्यार्थीहरू लागुऔषध दुर्व्यसनमा नफसुन् भनेर विभिन्न स्कुलमा लागुऔषध नियन्त्रण सम्बन्धी जनचेतना कार्यक्रम गरेको बस्नेतले जानकारी दिए ।

धरान-५ देउराली स्थित हिमाली माध्यमिक विद्यालयको प्राङ्गणमा धरान प्रहरीले “लागुऔषध नियन्त्रण सम्बन्धी“ जनचेतना मूलक कार्यक्रम गरेको हो ।

उक्त कार्यक्रममा उपस्थित शिक्षक वर्ग, विद्यार्थी र स्थानीय मानिसहरू बस्नेतले लागुऔषध सम्बन्धी जानकारी गराई सोबाट हुने हानी-नोक्सानी, गाउँ, समाजमा पर्ने असर र समस्या, व्यक्तिगत जीवनमा पर्ने असरहरूको साथै कानुनी प्रावधान समेतको बारेमा जानकारी गराएका थिए ।

यसअघि पनि बस्नेतले भानुचोकको खुल्ला मञ्चमा कार्यक्रम गरेका थिए । देउरालीमा अधिकांश युवा दुर्व्यसनमा फसेको पाएकाले देउरालीकै हिमाली विद्यालयका विद्यार्थीहरू समयमा नै सचेत बनाउन अभियान सुरु गरेको बताए । डिएसपी बस्नेतले भने धरानका अन्य विद्यालयमा पनि जनचेतनामूलक कार्यक्रमगर्ने छौ ।

लकडाउनको चहलपहल खुले सँगै धरानमा बिस्तारै लागुऔषध ओसार पसार गर्ने, प्रयोग गर्ने, सेवन गर्ने र लागुऔषध प्रयोग नगरे पनि सञ्चय गर्नेहरूलाई निगरानी राख्दै जनशक्ति थप गरी धरानमा 'क्लिन धरान' नामक स्वीप अप्रेसन चलाएको डिएसपी बस्नेतले बताए ।

धरानमा अधिकांश युवाहरू लागुऔषधको प्रयोगकर्ता बन्दै आएका छन् । सवारी साधनमा हिडेकाहरुलाई चेक गर्दा पनि लागुऔषध भेटिन थालेको प्रहरीको भनाई छ ।'क्लिन धरान' स्वीप अप्रेसन अभियान चलाए पछि धरान प्रहरीले निकै सफलता प्राप्त गरेको डिएसपी बस्नेतको दाबी छ ।

Police-School-2