धरान : धरान उपमहानगरपालिका वडा नम्बर ३, आइतबारे टोल निवासी आइतमाया राईलाई समाजसेवी र जनप्रतिनिधिहरुले घर बनाइदिने भएका छन् ।

घर आगलागी भए पछि कष्टपूर्ण जीवन निर्वाह गर्दै आइरहेकी हुँदा युवा समाजसेवी र जनप्रतिनिधिहरुको ध्यानाकर्षण भएकाले आज बिहान एक कार्यक्रम गरेर राई को घर शिलान्यास समेत गरिएको छ ।

३ लाख लागत बराबरको घर निर्माण हुने जानकारी गराउन आज बिहान ९ बजे शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । आइतमायाले अन्य सहयोग गर्न समेत अनुरोध गरेकी छिन् ।

शिलान्यास कार्यक्रममा आज दीपक तामाङले ५ हजार र १ थान ज्याकेट प्रदान गरेका छन् । सोनम लावतीले ५ हजार , रिता लिम्बु ५ हजार र मिङ्मा भोटले ३ हजार सहयोग समेत गरेका थिए । कार्यक्रममा पीडितलाई आगामी दिनहरूमा शिक्षा र स्वास्थ्यमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।