झापा : झापाको दमक ४ ताराबारी स्थित राजमार्गमा एम्बुलेन्स र अटो एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

आज बिहान ०९ बजे मे १ च १२४६ नम्बरको एम्बुलेन्स र प्रदेश १–०१–००३ ह ६२४ नम्बरको अटो एक आपसमा ठक्कर खाइ दुर्घटना हुँदा अटो चालक उर्लाबारी ४ का ५० वर्षीय देवेन्द्र बुढाथोकी र अटोमा सवार सोही स्थानका ४९ वर्षीय सन्तोष श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

साथै अटोमा सवार सुनसरी इनरुवा ७ का २४ वर्षीय सौजन मगर र दमक ४ का राजन सिलवाल समेत घाइते भएकोमा उनीहरूको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । एम्बुलेन्स र एम्बुलेन्स चालक दमक ४ का ५१ वर्षीय गणेश दंगाल इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेका छन् ।