धरान : प्रदेश १ मा आज १२ जना कोरोना संक्रमित थपिएका छन् ।

आज मोरङको विराटनगर महानगरपालिकामा १ महिला २ पुरुष सहित ३ जना, ग्रामथान गाउँपालिका र उर्लाबारी नगरपालिकामा १,१ जना पुरुष गरी जम्मा ५ जना, झापाको मेची नगरपालिकामा १ जना पुरुष, भद्रपुर नगरपालिकामा १ जना महिला १ जना पुरुष र हल्दीबारी गाउँपालिकामा १ जना पुरुष गरी जम्मा ४ जना, सुनसरीको धरान र इटहरी उपमहानगरपालिकामा १,१ जना पुरुष गरी जम्मा २ जना र १ जना प्रदेश १ बाहिरकामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

आज २ सय ८२ जनाको कोरोना परीक्षण गरिएको थियो । आज थपिएका सँगै प्रदेश १ मा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ३० हजार ८६ पुगेको छ भने २९ हजार ४ सय ६५ जना निको भएका छन् भने अहिले १ सय ५८ जना सक्रिय संक्रमित रहेका छन् । आज प्रदेश १ बाट ९ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।