इटहरी : लामो समय देखी मौन हुँदै आएको नागरिक समाज इटहरीले प्रतिनिधि सभा विघटनले देश द्वन्द्व तर्फ  धकेलिने  चिन्ता व्यक्त गरेको छ ।

माघ ५ गते विज्ञप्ति जारी गर्दै समाजले यस्ता अभ्यासले देशमा अस्थिरता बढ्दै जाने बताएको हो ।

अध्यक्ष सन्त बहादुर डुम्जनद्वारा जारी विज्ञप्तिमा संसद् विघटनलाई गैरसंवैधानिक नभने पनि नागरिक समाजले यस्ता कदम स्वीकार नगर्ने उल्लेख गरिएको छ ।

गत पुस ५ गते नेपाल सरकारको सिफारिसमा राष्ट्रपति द्वारा स्वीकृत भएको प्रतिनिधि सभा विघटनका विषयमा ठिक १ महिना पछि नागरिक समाज इटहरीले आफ्नो धारणा सार्वजनिक गरेको हो ।

यस अघि कपुरी न्युजमा किन सुस्तायो इटहरी नागरिक समाज भन्ने शीर्षकको समाचार आएपछि विज्ञप्ति सार्वजनिक भएको छ ।

प्रतिनिधि सभा विघटन सही मान्न नसकिने भन्दै सर्वोच्च अदालतको आदेश सर्वमान्य हुने तर्क विज्ञप्तिमा उल्लेख गरिएको छ ।

राष्ट्रिय सरोकारको विषयमा धारणा सार्वजनिक गरे पनि विरोध वा समर्थन भन्ने झल्किएको छैन ।