पथरी : प्रकाश बुढाथोकी प्रेरित खेलमा धरान फुटबल क्लब विजयी बनेको छ ।

धरानले विआरसी भुटानलाई १ का विरुद्ध ३ गोलले पराजित गरेको हो । मोरङको पथरीशनोश्चरेमा जारी ५ औ अन्तर्राष्ट्रिय रिफ्युजी च्यालेन्ज कप २०७७ को सोमवारको खेलमा धरान भुट्निज रिफ्युजी क्याम्प (बिआरसि) माथि हाबी भएको हो ।

खेलको ३ मिनेट बुढाथोकीले प्रहार गरेको फ्री-किक गोलमा परिणत गरे । त्यसको लगतै ७ मिनेटमा धरानका आमोस लिम्बुको गोलमार्फत धरानले अग्रता दोब्बर बनायो।

धरानका विवेक राईको कर्नर किकको सहयोगमा आमोशले हेड मार्फत गोल गरेका थिए । खेलको ५७ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै बुढाथोकीले ब्यक्तिगत २ गोल र टिमका लागि तेस्रो गोल गरे ।

बिआरसिका तर्फबाट खेलको २७ औ मिनेटमा अजय राजवंशी गोल गरे पनि खेलमा फर्कन सकेन । खेलको म्यान अफ द म्याच धरानएफसिका प्रकाश बुढाथोकी घोषित भए ।

उनले नगद २५ सय प्राप्त गरे । मङ्गलवारको खेल बेलबारी फुटबल क्लब र फेन्स फुटबल क्लव धरान बिचमा हुने छ ।

Prakash-Budhathoki