चतरा : नेकपा लगायत विभिन्न पार्टी परित्याग गरेर रामधुनी नगरपालिकामा ६० भन्दा बढी युवाहरू नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

नव प्रवेशीहरुलाई सोमवार नगरसमितिले एक कार्यक्रम आयोजना गरेर सुनसरी जिल्ला कार्य समितिका सचिव केदार भण्डारीले टीका लगाएर काँग्रेसमा स्वागत गरेको नगर सभापति सुदि अधिकारीले जानकारी दिए ।

स्थानीय प्रह्लाद विष्टको नेतृत्वमा ६० भन्दा बढी युवाहरू नेपाली काङ्ग्रेसमा प्रवेश गरेको सभापति अधिकारीले जानकारी दिए । सभापति अधिकारीका अनुसार नव-प्रबेशी युवाहरूलाई तरुण दलमा समेट्न पार्टीको गतिविधिमा समावेश गराइने छ ।

देशमा कम्युनिस्ट पार्टीका कारण जनता निराश भएको र देश र जनताको भरोसा तथा आशाको केन्द्र नेपाली काँग्रेस मात्र भएकाले युवाहरूलाई नेपाली काँग्रेसमा आवद्ब हुन आव्हान समेत सभापति अधिकारीले गरेका छन् ।

नव प्रवेशीलाई स्वागत गर्दै नेपाल तरुण दल रामधुनी सभापति नगेन्द्र गुरुङले नेपाली काँग्रेसको भातृसंस्थालाई तरुण दल बलियो बनाउँदै र युवाहरूलाई जिम्मेवारी दिएर तरुण दललाई सशक्त बनाएर लैजाने प्रतिबद्धता समेत व्यक्त गरे।

Ram-dhuni-party-prabesh-2