झापा : नेकपा पुष्पकमल दाहाल माधव नेपाल समुहकी नेतृ रामकुमारी झाँक्रीले संसद बिघटन गर्ने असंबैधानिक कदम नसच्चिए मुलुक अझै दुर्घटनामा जाने बताएकी छिन् ।

प्रधानमन्त्रीको गृहनगर दमकमा आज आफु पक्षिय अगुवा कार्यकर्ता भेला कार्यक्रममा बोल्दै नेतृ झाँक्रीले नेपाली जनताले बलिदान दिएर ल्याएका अहिलेका उपलब्धिहरु प्रधानमन्त्री ओलीका कारण गुम्ने खतरा रहेको बताईन् ।

नेकपा दमक नगर समितिको पार्टि कार्यालय दमक ८ बालुवाटारमा भएको कार्यक्रममा उनले लोकतन्त्र, गणतन्त्र सहितका परिवर्तननै गुम्ने खतरा रहेकोले आन्दोलनमा लग्नुको बिकल्प नभएको बताईन् ।

प्रधानमन्त्रीले असंबैधानिक रुपमा संसद बिघटन गरेपछि नेपालको राजनिति परिवर्तन गुम्ने र परिवर्तनको रक्षा गर्ने भन्ने दुई बाटोमा पुगेको भन्दै नेतृ झाँक्रीले राजनितिलाई सहि बाटोमा ल्याउन सडकबाट दबाब सिर्जना गर्न अबैलाई आग्रह समेत गरिन् ।

परिस्थिति नियन्त्रण बाहिर जान लागेको भन्दै उनले निरंकुश राजसंस्थालाई घुँडा टेकाएका नेपाली जनताले केपी ओलीको निरंकुशतालाई पनि पराजित गर्ने विश्वास व्यक्त गरिन् ।

हिँजो केपी ओलीले चुच्चे रेल, पानी जहाज र हावामा बिजुलीका हावादारी कुरा गर्दा तालि बजाएकै कारण आजको यो दुर्गती भोग्नु परेको भन्दै उनले कुनै योजना र अनुसन्धान बिना बोलिएका हावादारी कुरालाई हो भन्दीँदा र थप्पडी बजाई दिँदा ओलीको महत्वाकांक्षा बढेको टिप्पणी गरिन् ।