धरान : राष्ट्रिय खाद्य बैङ्क लिमिटेड नयाँवानेश्वर काठमाण्डौद्वारा धरानमा कृषि साक्षात्कार तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।

सुनसरी उद्योग वाणिज्य सङ्घमा मङ्गलवार खाद्य बैकले "पोसिलो आहाराको लागि दिगो कृषि उत्पादन हाम्रो अभियान" भन्ने मुलनारा लिएर कार्यक्रम गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि तथा संस्थाका अध्यक्ष शंकरनाथ उप्रेतीले व्यापारको नाममा स्वास्थ्य अखाद्य बस्तुले राज गरेको बताउँदै डिउ, पेप्सी र कोक लिएर आफन्तको स्वागत गरे सँगै आफन्तलाई रोगी बनाएको बताए ।

उप्रेतीले प्याकेजिङ र जङफुडलाइ बहिष्कार र आर्गेनिक फलफूल साग सब्जीलाई प्रोत्साहन गर्न अनुरोध समेत गरे ।

२ अर्ब रकमको लागतमा गत असोजमा स्थापना भएको बैङ्कले सातै प्रदेशमा शाखा विस्तार गरेर कम लागतमा प्रांगरिक मल उत्पादन गरी फुड न्युट्रेशनबारेमा ज्ञान दिलाउने र कुन ठाउँमा कस्तो खेती लगाउन सकिन्छ ? कसरी थोरै ठाउँमा धेरै उत्पादन लगाउन सकिन्छ ? हाम्रो रैथाने बिउ कसरी लोप भए ? खोजी गरिरहेको छ ।