चतरा : नेपाल विद्यार्थी सङ्घको वराहक्षेत्र नगर समन्वय समितिको संयोजकमा प्रतीक राई चयन भएका छन् ।

राईलाई मङ्गलवार आयोजना भएको विद्यार्थी सङ्घ नेता तथा पार्टीका नेताहरूको भेलाले संयोजकको जिम्मेवारी दिएको नेपाल विद्यार्थी सङ्घ सुनसरी सह( सचिव तीर्थराज भट्टराईले बताए ।

चक्रघट्टि स्थित सप्तकोसी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन  सभापति समेत रहेका राई वराहक्षेत्रमा खरो स्पष्ट वक्ताको रूपमा विद्यार्थी नेताको रूपमा परिचित छन् ।

वराहक्षेत्र-३ वाङ्गेबजारका राई समन्वय समितिको संयोजक पछि आफूले भएको जिम्मेवारीलाई कुशलता पूर्वक काम गर्ने बताए ।

समन्वय समितिलाई पूर्णता दिएर विद्यार्थी हक, हित र अधिकारका लागि काम गर्ने संयोजक राईले बताए ।