धरान : प्रदेश १ मा आज १ सय ५६ जनाको पिसिआर परीक्षण गर्दा ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

मोरङको विराटनगर महानगरपालिकामा १ जना पुरुष, इलाममा १ जना पुरुष र प्रदेश १ बाहिरको १ जना महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो सँगै प्रदेश १ मा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ३० हजार १ सय २ पुगेको छ । यसै गरी अहिले सम्म डिस्चार्ज हुनेको सङ्ख्या २९ हजार ५ सय ११ पुगेको छ भने आज प्रदेश १ बाट होम आइसोलेसनबाट ५ महिला, १७ पुरुष सहित २२ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।