धरान : प्रदेश १ मा आज २ सय ८ जनाको पिसिआर परीक्षण गर्दा ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

आज सुनसरीको धरान उपमहानगरपालिकामा १ जना महिला, इनरुवा नगरपालिकामा १ जना पुरुष, झापाको बिर्तामोड नगरपालिकामा १ जना पुरुष, अर्जुनधारा नगरपालिकामा १ महिला, १ पुरुष गरी २ जना, सङ्खुवासभाको खादबारी नगरपालिकामा १ जना पुरुष, मोरङको रंगेली नगरपालिकामा १ जना पुरुष र प्रदेश १ बाहिरका १ जना पुरुषमा गरी जम्मा ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

आज थपिएका सँगै प्रदेश १ भरी अहिले सम्म ३० हजार १ सय १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने २९ हजार ५ सय ३३ जनाले कोरोना जितेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यसै गरी आज होम आइसोलेसनबाट १७ पुरुष, ५ महिला सहित २२ जना डिस्चार्ज भएका छन् ।