धरान : अप्रेसन पछि मृत्यु भएकी इटहरीकी ३१ बर्षीया दीपा राईलाई न्याय दिनुपर्ने माग गर्दै उनका आफन्तले आज धरानको विजयपुर हस्पिटल अगाडी प्रदर्शन गरेका छन् ।

मृतक पक्षको धर्नाले विजयपुर हस्पिटल अघि पुतली लाइनमा आज दिनभरि जस्तै यातायात आवत जावत अवरुद्ध भएको थियो । बाहिर मृतक पक्षले सडकमा धर्ना दिइरहँदा हस्पिटल भित्र वार्ता पनि भइरहेको थियो ।

Bijayapur-Hospital-1 आजको वार्ता भोलि फेरि बस्ने गरी सकिएको छ । मृतकका छोरीलाई पढाई दिने, उपचार सेवा निःशुल्क गर्ने विषयमा कुरा सहमति नजिक पुगेको विजयपुर हस्पिटलका प्रबन्ध निर्देशक प्रभाव खतिवडाले बताएका छन् । भोलि फेरि वार्ता हुने र त्यहीबाट निर्णय हुने उनले बताए । मृतकको १५ महिनाको छोरी रहेको छ ।

Bijayapur-Hospital विजयपुर हस्पिटलमा सोमबार दूरबिन प्रविधिबाट पत्थरीको अप्रेसन गरिएकी राईको भोलिपल्ट शरीरभित्र रक्तस्राव भई मृत्यु भएको थियो । उनलाई हस्पिटलले अन्तिम समयमा मात्र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरेको र त्यहाँ अप्रेसन हुनै नपाई मृत्यु भएको थियो । मृतकका श्रीमान्ले अप्रेसन गर्ने डाक्टर गजेन्द्रप्रसाद दास विरुद्ध इलाका प्रहरी कार्यालय धरानमा जाहेरी पनि दर्ता गरेका छन् ।

प्रदर्शनकारीले सड्कनै अवरुद्ध गरेका थिए भने अस्पतालको सुरक्षा व्यवस्था कडा पारिएको थियो । प्रहरीले हस्पिटलको प्रवेशद्वारमा कडा सुरक्षा दिएका थिए ।

Bijayapur-Hospital Bijayapur-Hospital-1