चतरा : वराहक्षेत्र नगरपालिकामा सरकार विरुद्ध नेपाली काँग्रेसले १ देखि ११ वटै वडामा शक्ति प्रदर्शन गरेको छ । नेपाली काँग्रेसको केन्द्रीय समितिको निर्णय बमोजिम बिहीबार वराहक्षेत्रको ११ वटै वडा सहित देशभरका ६ हजार ७ सय ४३ वटैमा एकसाथ सदन विगठन विरुद्ध काँग्रेसले शक्ति प्रदर्शन गरेको हो ।

वडा नं १ ले आयोजना गरेको र्‍याली खहरेबाट सुरु भई बस स्टेसन हुँदै वराहक्षेत्र वडा नं २ को सैनिक, वयरबन, जागृत चोक हुँदै हाटखोला पुगेर पुनः सोही रुट हुँदै बस स्टेसनमा आएर सभामा परिणत भएको थियो । सभामा वडा नं २ ले पनि उपस्थिति जनाएको थियो ।

सभामा नेपाली काँग्रेस वडा नं १ सदस्य पवित्रा राईले स्वागत भाषण राख्दै असंवैधानिक संसद् विगठन फिर्ता गर्न माग गरेकी थिइन् । त्यस्तै सभामा बोल्दै क्षेत्र नं १ सदस्य लक्ष्मी मालाकारले कम्युनिस्ट जनताबाट तिरस्कृत भइसकेको बताए । उनले कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले जनताको भावना विपरीत काम र संविधानलाई लत्त्याएको आरोप लगाए ।

नेपाली काँग्रेस जिल्ला सदस्य दिपेशजंग बस्नेतले केन्द्रदेखि स्थानीय तहमा रहेको कम्युनिस्ट सरकार भ्रष्ट भएको आरोप लगाए । जनताको भन्दा पनि परिवारवादमा कम्युनिस्ट रुमलिएको भन्दै उनले केपी आलीको चेलाहरूले संन्चालन गरेको वराहक्षेत्र नगरपालिका भ्रष्ट्राचार र नाताबादले गन्हाएको आरोप लगाए ।

त्यस्तै नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि तथा वडा नं १ अध्यक्ष सुरेश श्रेष्ठले काँग्रेसले जितेको वडामा वराहक्षेत्र नगरपालिकाका मेयरले पक्षपात गरेको आरोप लगाए । विकासमा पनि राजनैतिक आग्रह पूर्वाग्रह राखेको आरोप लगाए । सभामा बोल्दै प्रमुख वक्ता नेपाली काँग्रेस नगर सभापति नारायण नेपालले सरकारले गरेको असंवैधानिक कदम विरोध गर्दै प्रतिनिधि सभा पुनः स्थापना गर्नु माग गरेका थिए ।

उनले कम्युनिस्ट सरकारका कारण बिचल्लित भएका कम्युनिस्ट कार्यकर्तालाई काँग्रेसमा आउन आव्हान गरेका थिए । कार्यक्रम वडा नं १ सभापति ईश्वर थापा सभाध्यक्ष रहेका थिए ।

त्यस्तै वडा नं ३ , ४ र ५ ले संयुक्त रूपमा मोटरसाइकल र्‍याली सहित कोण सभा आयोजना गरेको थियो । बाङ्गेबाट सुरु र्‍याली नडाहा, मिलन चौक, कालाबन्जार हुँदै धनपुरी सम्म मोटरसाइकल र्‍याली आयोजना भएको । बिचको विभिन्न ठाउँमा कोण सभा समेत आयोजना भएको थियो भने ७ नम्बर वडा कार्य समितिले आयोजना भएको विरोध र्‍याली सोमवारेबाट सुरु भएर कार्की भवनमा कोण सभामा परिणत भएको थियो ।

वडा नं ७ कार्य समितिका वरिष्ठ सल्लाहकार शवनारायण रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा क्षेत्र नं ४ सचिव रमेश कार्की लगाएका नेताहरू प्रमुख वक्ता रहेका थिए ।

त्यस्तै वडा नं ६ ले मोटरसाइकल र्‍याली सहित कोण सभा आयोजना गरेको थियो । पार्टी कार्यलयवाट सुरु भएको र्‍याली खानेपानी , शिवालय बुधबारे चौक, सैनिक, हुँदै मुनाल चौक नगरपालिका अगाडि सम्पन्न भएको थियो ।

वडा नं ८ कार्य समितिले पनि मोटरसाइकल र्‍याली आयोजना गरेको थियो । बाग्झोडाबाट सुरु र्‍याली जितपुर हुँदै दोबान, सालबनी बाट परिक्रमा गरी पूर्ण बाग्झोडामा विरोध सभामा परिणत भएको थियो ।

वडा नं ९ ले आयोजना गरेको र्‍याली ३६ पाइपबाट सुरु भई बानडाडामा सभाको रूपमा परिणत भएको थियो । सभा प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्र कार्की रहेका थिए । सभामा कार्की लगायत क्षेत्र नं ४ प्रदेश सभा क सभापति उपेन्द्रबहादुर कट्बाल लगाएले सरकार विरुद्ध बोलेका थिए ।

त्यस्तै वडा नं १० ले प्रकाशपुरमा विरोध सभा आयोजना गरेको थियो । सभामा प्रमुख अतिथि केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की रहेका थिए । त्यस्तै वडा नं ११ को मधुवनमा पनि विरोध सभा आयोजना गरेको थियो । वडा नं ११ कार्यसमितिले सभा आयोजना गरेको थियो ।

केपी ओली नेतृत्वको सरकारले गरेको संसद् विगठनलाई असवैधानीक कदम भन्दै नेपाली काँग्रेसले विरोध गरिरहेको छ । प्रधानमन्त्री ओलीले पौष ५ गते प्रतिनिधि सभा विगठन गरे पछि नेपाली काँग्रेसले सदन पुनर्स्थापनाको माग सहित ७७ वटै जिल्ला, १ सय ६५ वटै निर्वाचन क्षेत्र , ३ सय ३० वटै प्रदेश निर्वाचन क्षेत्र र ७ सय ५३ वटै पालिकामा विरोध र्‍याली सहित सभा आयोजना गरी सकेको छ ।

सदन विगठनको विषयलाई सर्वोच्च अदालतले सदर गरिदिए निर्वाचनमा जाने समेत तयारी गरिरहेको काँग्रेसले विरोध सभालाई चुनावको तयारी र कार्यकर्ता सक्रिय बनाउने माध्यम समेत बनाइ रहेको छ ।

प्रधानमन्त्री ओलीको मात्र नभई समग्र कम्युनिस्टर्कै नेतृत्वकै विरोध गर्दै आइरहेको नेपाली काँग्रेसको तल्लो निकाय वडामा समेत विरोध गरेको हो ।