इटहरी : "म वाद, केपीवाद हुँदै अधिनायकवाद तर्फ देशलाई डोर्‍याउने काम भइरहेको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले देशमा अधिनायकवादको सुरुवात गर्न खोजिरहेको छ।” नेपाली काँग्रेसका युवा नेता सुबेक्छु देवानले वडा भेलामा सम्बोधन गर्दै भने ।

इटहरी उपमहानगरपालिका वडा नम्बर १९ को वडा भेलालाई सम्बोधन गर्दै उनले केपी ओलीले नेपाल जनतालाई पुनः अधिनायकवादको शासन लाद्न खोजेको बताए ।

सन् १६५० को दशकमा फ्रान्सेली राजा लुई १४ को चर्चित भनाई (आइएम द स्टेट) 'म नै राज्य हो' भन्ने भनाई उदृत गर्दै उनले केपी ओलीले पनि त्यही शैली अपनाएको आरोप लगाए । राज्य भनेको जनता र जनताको भावना हुनुपर्नेमा नेता वा शासक आफै राज्य बन्न खोजेको उनले बताए ।

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुसार बुधवार देशभरका वडाहरूमा काँग्रेसले विरोध सभा आयोजना गरेको हो । सोही क्रममा इटहरी-९ को विरोध सभामा सम्बोधन गर्दै युवा नेता मन्दीप भट्टराईले कोपी शर्मा ओली ढाटको पुञ्ज भएको बताए । ग्यास पाइप देखी मेट्रो रेल सम्मका सपना देखाएर जनतालाई ढाँटेकोले सार्वजनिक रूपमा माफी माग्नुपर्ने धारणा राखे ।

मोरङको सुन्दरहरैचा-११ मा सम्बोधन गर्दै होमनाथ पोखरेलले ओली व्यक्ती नभएर प्रवृत्ति भएको आरोप लगाए ।

ओलीको कारण लोकतन्त्र र देश दुवै खतरामा परेको उनको भनाई छ । नेपाली काँग्रेसले मात्र लोकतन्त्र बचाउन सक्ने भन्दै उनले अब काँग्रेसले देशको नेतृत्व गर्न ढिला गर्न नहुने सुझाए ।