धरान : नेपाल पत्रकार महासङ्घ सुनसरीको आयोजनामा धरान र इटहरीमा दुई दिने फिचर लेखन तालिम सम्पन्न भएको छ ।

सञ्चार क्षेत्रमा पत्रकारको लेखनमा गुणात्मक वृद्धि गराउने उद्देश्यले धरान र इटहरीमा आयोजना गरिएको तालिममा नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रियअध्यक्षदोय शिव गाउँले र धर्मेन्द्र झाले प्रशिक्षण दिएका थिए ।

पत्रकारितामा फिचर लेखनको महत्त्व र खोज पत्रकारिताको बारेमा सहभागीहरूलाई प्रशिक्षण दिइएको थियो ।
पत्रकारिता पेसालाई मर्यादित बनाउँदै तथ्यमा आधारित अनुसन्धानात्मक, सृजनात्मक र बहुआयामिक तरिकाले समाचार लेखनमा जोड दिएको सो तालिममा सुनसरीका सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।