धरान : प्रदेश १ मा आज ४ सय २४ जनाको पिसिआर परीक्षण गर्दा ८ जनामा कोरोना पुष्टि भएको छ ।

आज थपिएकाहरूमा भोजपुरको स्थानीय निकाय नखुलेको १ पुरुष, १ महिला सहित २ जना, झापाको बिर्तामोड नगरपालिकामा १ जना पुरुष, इलामको इलामा नगरपालिकामा १ जना महिला, मोरङको पथरीशन्श्चिरे नगरपालिकामा १ पुरुष, १ महिला गरी २ जना र प्रदेश १ बाहिरका २ जना पुरुष गरी प्रदेश १ मा ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो सँगै प्रदेश १ मा कुल सङ्क्रमितको सङ्ख्या ३० हजार १ सय १८ पुगेको छ । यी मध्ये २९ हजार ५ सय ५२ जनाले कोरोना जितेका छन् । प्रदेश १ मा अहिले १ सय १ जना आइसोलेसनमा रहेको छ भने ४ सय ६५ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज होम आइसोलेसनबाट १७ जना र मेची अस्पतालबाट २ जना गरी १९ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।