इटहरी : इटहरी उपमहानगरले विपन्न मुसहर समुदायका लागि नौ वटा घर निर्माण सम्पन्न गरेको छ ।

वडा नं. १६ टिहिटि टोलमा विपन्न मुसहर बस्ती सामृुहिक आवास कार्यक्रमको लागि घर निर्माण गरिएको हो । तराइ मधेस समृद्धि कार्यक्रम अन्तरगत ७७ लाख लगानीमा ती घरहरू निर्माण गरिएको हो ।

Musahar-Basti-2

त्यहाँ भित्री बाटोहरू,चिल्ड्रेन पार्क,सामुदायिक भवन र दिनाभद्रिको मठ समेत बनाइएको बताउँदै इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरी इटहरी उपमहानगर विपन्न जनताको हितमा गम्भीर रहेको बताए ।

Musahar-Basti-4 जनताको आँगनमा खुसीयाली र अनुहारमा मुस्कान ल्याउन उपमहानगरले कार्य गरिरहेको बताए । वडा नम्बर १६ र १७ को सडक निर्माणका क्रममा विस्थापित हुने अति विपन्न परिवारलाई ती घरमा राखिने उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिइन् । उनका अनुसार सो ठाउँमा ५० घर रहेको नमुना वस्ति निर्माण गरिने योजना रहेको छ ।

Musahar-Basti-1