धरान : उदयपुरमा सामूहिक बलात्कार गरी फरारको सुचीमा रहेका एक जनालाई प्रहरीले काठमाण्डौको मैना मैजुबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उदयपुरको बेलका नगरपालिका ४ बस्ने २२ वर्षीय गुणे, लोटे र गोबिन्द भनिने गुणराज विष्ट पक्राउ परेको उदयपुरका प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले बताए । छतबाट खसेर युवती गम्भिर घाइते भएको उदयपुर प्रहरीले जनाएको छ ।

२०७६साउन १७ गते उदयपुर ४ गुरुङ्गचौरी स्थित जनता माध्यमिक विद्यालयको परिसरमा सामूहिक बलात्कारको प्रतिकार गर्दा एक १८ वर्षीय युवतीलाई छतबाट खसालिएको थियो । उनी गम्भिर घाइते भएकी छिन भने कम्मर देखि मुनिको भाग पुर्णरुपमा नचल्ने अवस्थामा पुगेकी छिन् ।

सो घटनामा थप २ जनाको संलग्नता देखिएको प्रहरीको भनाई छ । उक्त घटनामा संलग्न मध्ये गुणराजलाई हिजो काठमाण्डौको मनमैजु भन्ने स्थानबाट उदयपुरबाट परिचालित विशेष प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका व्यक्तिको थप अनुसन्धान भइरहेको साथै फरार रहेको अन्यको खोजी प्रहरीले गरीरहेको प्रहरी प्रमुख दाहालले जानकारी दिए ।