पथरी : टेन नवोदय फुटबल क्लब पाचौं अन्तर्राष्ट्रिय आमन्त्रण रिफ्युजी च्यालेन्ज कप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ ।

शुक्रवारको खेलमा धरान सिटी फुटबल एकेडेमीलाई ०-१ गोलले जित हात पार्दै नवोदयले सेमिफाइनल यात्रा तय गरेको हो।

नवोदयका दीपक  राईले खेलको १२ औँ मिनेटमा पिर् किक मार्फत उत्कृष्ट गोल गर्दै टिमलाई जित दिलाएका हुन।

खेलको ४३ औँ मिनेटमा नवोदयका सुवास तामाङले प्रहार गरेको कर्नरमा दीपकले हेडमार्फत गोल गर्ने प्रयास गरेता पनि धरानका गोलरक्षक सचिन श्रेष्ठले उत्कृष्ट बचाउ गरेपछि नवोदयले थप गोल गर्ने अवसर पाएन। धरान समेत गोल गर्ने केही अवसरबाट चुकेको थियो।

खेलको मेन अफ द म्याच नवोदयका लागि निर्णायक गोल गरेका दीपक बान्तवा राई घोषित हुँदै नगद २ हजार ५ सय रुपैयाँ प्राप्त गरे ।

भोलिको दोस्रो क्वाटरफाइनल खेल विराटनगर फुटबल क्लब र दुधे फुटबल क्लब झापा बिच हुनेछ। आजको विजेता टोली टेननवोदयले भने सेमिफाइनलमा आयोजकको ए टिमसँग प्रतिस्पर्धा गर्नेछ।