झापा : झापाको शिवसताक्षी नगरपालिकास्थित किराँत चोक भन्ने स्थानमा धरानबाट काँकडभिट्टा तर्फ जाँदै गरेको  सार्वजनिक बसमा तोडफोड भएको छ ।

बा ४ ख ८८९७ नम्बरको गजुरमुखी यातायातमा तोडफोड भएको झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिएका छन् । आज (शनिवार) मध्यान्न १२ बजेको समयमा पूर्वपश्चिम लोकमार्ग अन्तर्गत सो स्थानमा अपरिचित युवाहरूको समूहले बसलाई रोकेर खुकुरी समेत प्रहार गर्दै ढुङ्गा हानेको झापा प्रहरीले जनाएको छ ।

कार्यकर्ता पक्राउको विरोधमा आज नेत्र विक्रम चन्द विप्लव समूहले नेपाल बन्दको आह्वान गरेको थियो ।

यो घटनामापनि यही समूह संलग्न भएको हुन सक्ने प्रहरीले जनाएको छ । बसलाई अहिले ईप्रका झिलझिलेमा राखिएको छ ।