धरान : धरान-१५ बगरगाछीमा होटल धरान किचन सञ्चालनमा आएको छ ।

धरान किचनका सञ्चालक कृष्ण पाठकले २ करोड रुपैयाँ लगानीमा आधुनिक होटल खोलेको बताएका छन् । २७ वर्ष देखी उनी होटल व्यवसाय गरिरहेका छन् ।

धरान किचनलाई ब्राण्डको रुपमा स्थापित गर्दै आएका व्यवसायी पाठकको यो होटल तेस्रो हो । यसअघि धरान-२ भानुचोकमा धरान किचन सञ्चालनमा ल्याएका थिए । त्यहाँ खुब चलेपछि उनले फेरि धरान-८ बरगाछीमा धरान किचन सेकुवा कर्नर सञ्चालनमा ल्याएका थिए ।

अहिले सञ्चालनमा आएको होटलमा भिआइपी, डिलक्स, स्टाण्डर्ड र नर्मल क्याटोगरिका रुमहरू रहेका छन् । होटलमा सस्तोमा १५ सय देखि महंगोमा ५ हजार सम्मको शुल्कमा २० वटा कोठा उपलब्ध छन् ।

उनका अनुसार माघ २० गतेसम्म रुमहरुमा ३० प्रतिशत छुट दिइएको छ ।

उनले सो होटलमा फेमिली रेस्टुरेन्ट र बार, सेकुवा कर्नर थकाली भान्सा, नेपाली खाना चखाउने जानकारी दिए । उनले ओपनिङको अवसरमा फुडमा २० प्रतिशत, ड्रिङक्समा १० र रुममा ३० प्रतिशत छुटको व्यवस्था रहेको जानकारी दिए । होटलमा ३० वटा गाडी पार्किङको व्यवस्था रहेको छ । पार्टी, सेमिनार, गोष्ठीका लागि छुट्टै व्यवस्था रहेको छ ।

पाठकले १ घण्टामा १ सय जनालाई खुवाउन सक्ने दाबी गर्दै शान्त वातावरण, सही लोकेसनमा रहेकोले पनि होटल राम्रो चल्ने उनी बताउँछन् । आवश्यकता अनुसार खानाका परिकार पनि थप गर्ने उनको भनाई छ ।

Hotel-Dharan-kichan-1