धरान : मोरङको उर्लाबारीमा बन्चरो प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ परेका छन् ।

आफ्नै श्रीमती ३५ वर्षीय दिलमायालाई बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा उर्लाबारी नगरपालिका २ सिरुझार बस्ने ४५ वर्षीय डिक बहादुर राईलाई शुक्रवार प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवादको क्रममा राईले दिलमायालाई बन्चरो प्रहार गर्दा गम्भीर घाइते बनाएका राईलाई मङ्गलबारेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

डिक बहादुरले श्रीमतीलाई लछार पछार पारेर भुईँमा लडाएर आवेगमा आएर बन्चरो प्रहार गरी हत्या गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ । निकै अघि देखि पारिवारिक बेमेल भएको प्रहरीको भनाई छ ।

पक्राउ परेका डिक बहादुरलाई कर्तव्य ज्यान मुद्दामा ५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरी निरीक्षण उद्धव पोखरेले जानकारी दिए ।

घाइतेको अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो ।