उर्लाबारी : तराईमा केही दिन यता बढेको अत्यधिक चिसो र शितलहका कारण कठ्याङग्रियर मोरङको उर्लाबारीमा एक जनाको मृत्यु भएको छ ।

मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर ३ नयाँ बजारमा मङ्गलवार बिहान सुनसरीको बराहक्षेत्र नगरपालिका ८ राजाबासका ५०,५५ वर्षीय नेप्टे शेर्पा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

पोख्रेलका अनुसार हाल मृतकको परिवार सम्पर्कमा आएको र शव पोस्टमार्टमका लागि मङ्गलवारे अस्पतालमा राखिएको छ ।

मृतक लामो सयम देखी सो क्षेत्रमा मागी खादै स्थानीय पार्टी पौवालाई आफ्नो वासस्थान बनाउँदै आएका थिए ।