धरान : उदयपुरको कटारी ४ का ५ वर्षीय बालक अमिर तामाङको ट्याक्टरबाट लडेर मृत्यु भएको छ ।

मङ्गलवार कटारी ४ स्थित भित्री सडक खण्डमा स १ त ६८२२ नम्बरको ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका अमिरलाई उपचारार्थ लादै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यसै गरी मङ्गलवार ताप्लेजुङ पाथीभरा याङबरक ५ स्थितमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । को २ त ७७६१ नम्बरको ट्याक्टर सडकबाट अन्दाजी २०० मिटर तल खसेर दुर्घटना हुँदा सोही ट्याक्टरका सहचालक पाथीभरा याङबरक९५ का १९ वर्षीय मनिष योङहाङको मृत्यु भएको हो ।