धरान : मोरङ विराटनगर १६ स्थितबाट लागुऔषध सहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनसरी धरान १६ का २४ वर्षीय मनिस भुजेल र सोही स्थानकी २१ बर्षीया निशा श्रेष्ठ रहेकी छिन । मङ्गलवार पैदल हिँडिरहेका दुवै जनालाई नियन्त्रणमा लिई चेक जाँच गर्दा उनीहरूको साथबाट एभिल १० एम्पुल, फेनारगन १० एम्पुल, लुपिजेसिक १०एम्पुल र डाईजोल्याब १० एम्पुल फेला पारी बरामद गरिएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।