झापा : इलाका प्रहरी कार्यालय दमकले ठुलो परिणामको अवैध समान सहित १ जनालाई पक्राउ गरेको छ ।

दम नगरपालिका ६ मा रहेको एक घरमा ओरियन्स कम्पनीका बिभिन्न ब्रान्डका खाद्य वस्तुहरू अवैध रूपमा ल्याई भण्डारण गरिएको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले २ करोड ४२ लाख ४० हजार ७३० रुपैयाँ बराबरको अवैध खाद्य वस्तुहरू बरामद गरेको हो ।

समान बरामद भएसँगै सञ्चालक जितेन्द्र साह समेतलाई पक्राउ गरी थप अनुसन्धानको लागी आन्तरिक राजश्व कार्यालय इटहरी पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।