रामधुनी : जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोककुमार राईले सुनसरीको रामधुनी नगरपालिकाको वडा नं ६ र ७ का १८ जना अति विपन्न परिवारलाई जाडोमा फाइबर सिरक प्रदान गरेका छन् ।

सुनसरीको रामधुनी वडा नं ६ मा पार्टीको नगर कमिटीको आयोजनामा ६ नं वडा कमिटी समायोजन तथा पार्टी प्रवेश कार्यक्रमका बिच वरिष्ठ नेता राईले विपन्न परिवारलाई सिरक वितरण गरेका हुन ।

सिरक पाउनेहरूमा वडा नं ६ का कुबिर लिम्बू, पृथ्वी राई, विपन विक, वालकृष्ण राजधामी,मनोदेवी चौधरी,कोलदेवी चौधरी त्यस्तै वडा नं ७ का दुनियादेवी थरुनी,लीला कुमार राई, दसनी सदा, पानो सदा, रक्सी राजधामी, दुःखनी थरुनी,लोली थरुनी, टेक वा।राई, बुधमाया परियार, मौली राजधामी, सन्फा सदा, अभाली सदा लगायत अति विपन्न समुदायका वृद्ध बृद्धा,अपाङ्ग,अशक्तहरूलाई सिरक प्रदान गरेका हुन् ।

पार्टीका वरिष्ठ नेता राईको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा नेपाली काँग्रेस,नेकपा,राप्रपा लगायत पार्टी परित्याग गरी दर्जनौँको सङ्ख्यामा जसपा प्रवेश गरेका छन् । उनीहरूलाई वरिष्ठ नेता राईले खादा लगाएर सम्मानका साथ पार्टी प्रवेश गराएका हुन ।

यसैबिच पार्टीको रामधुनी ६ नं वडा कमिटी समेत गठन भएको छ । शिलास राईको अध्यक्षतामा गठित वडा समितिको उपाध्यक्षमा प्रवीण राई, सचिवमा मनोज लिम्बू, सहसचिवमा भीम राई, कोषाध्यक्षमा ममता चौधरी, सदस्यहरूमा सुमन राई, निश्चल तामाङ, बिरबल राई, जीवन राई, सङ्गीत भुजेल, नगेन्द्र लिम्बू र मनोज राजधामी रहेका छन् ।

कार्यक्रममा पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य परशुराम बस्नेत, प्रदेश कमिटी सदस्यद्वय राममानडुपा राई तथा कृष्ण लिम्बू, जिल्ला अध्यक्ष भगीरथ खत्वे,सचिव प्रदीप कार्की लगायत नेताहरूको उपस्थिति रहेका थिए । उपस्थित जनसमुदाय तथा अतिथिहरूलाई उपाध्यक्ष पञ्चबहादुर राईले स्वागत गरेका थिए भने कार्यक्रम सञ्चालन रामधुनी नगर कमिटी अध्यक्ष राम खड्काले गरेका थिए ।