झापा : झापामा पहिलो दिन पाँच सय ३५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

तीन वटा स्वास्थ्य संस्थाबाट कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ । झापाको मेची अस्पताल ७६, अनारमनी नगर अस्पतालमा ३१४ र दमक अस्पतालबाट १४५ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिएका छन् । मेची प्रादेशिक अस्पतालका डा। मनिष सुबेदीले झापामा पहिलो खोप लगाए ।

दोस्रो खोप जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौलागाईले लगाएको जानकारी दिए । यसै गरी, तेस्रो खोप स्वास्थ्य कर्मचारी बालकृष्ण भण्डारी, चौथो खोप मनोज भट्टराई र पाँचौँ खोप ल्याब टेक्निसियन रमेश भण्डारीले लगाएका छन् ।