चतरा : नेपाली काँग्रेसका युवा नेता रोशन खड्काले वराहक्षेत्र ६ स्थित चक्रघट्टीको कल्चरल ग्रिन क्लबलाई जर्सी उपलब्ध गरेका छन् ।

वराहक्षेत्र-८ वाग्घ झोडा घर भएका खड्काले जर्सीको सेट र नगद ५ हजार बुधवार क्लबका उपाध्यक्ष तथा टिम व्यवस्थापन दिनेश राई र टिम क्याप्टेन प्रकाश भुजेललाई हस्तान्तरण समेत गरेका छन् ।

एथलेटिक्सका पूर्व खेलाडी समेत रहेका खड्काले स्वास्थ्यकालागि र लागू पदार्थ दुर्ब्यसनीमा युवाहरू नफसुन् भन्ने उद्देश्य राखेर क्लबलाई सहयोग गरेको बताए ।

लामो समय प्रवासमा फसेर स्वदेश फर्किएका खड्काले २५ हजार रकम बराबरको २२ थान जर्सीको सेट उपलब्ध गराएको हुन् ।