धरान : इलाम र मोरङको दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ ।

मोरङको सुन्दरहरैचा नगरपालिका ९ का ३५ वर्षीय ईलिहास मन्सुरीको करेन्ट लागेर मृत्यु भएको छ । बुधवार दिउँसो बेलवारीमा रहेको चिनारी स्कुलमा ग्रिलको गेट बनाउने क्रममा अचानक करेन्ट लागेर घाइते भएका मन्सुरीलाई उपचारको लागी बिराटनर्सिङहोम विराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । घटना सम्बन्धमा प्रहरी थप अनुसन्धान गरिरहेको छ ।

यसै गरी उता इलाम नगरपालिका ९ मा बुधवार दिउँसो भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । इलामबाट झापा तर्फ जाँदै गरेको को १८ प ६९७ नम्बरको मोटरसाइकललाई सोही दिशा तर्फ जाँदै गरेको ना ३ ख २७३२ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिँदा माईजोगमाई गाउँपालिका ३ की २८ बर्षीया सन्जु आचार्यको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।