झापा : झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आज दमकमा सदस्य अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

सहकारीको शिक्षा उपसमितिको आयोजनामा भएको कार्यक्रम दमक सेवा केन्द्रका व्यवस्थापन उपसमितिका संयोजक शेरबहादुर भट्टराईको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै उद्योग वाणिज्य सङ्घ दमकका अध्यक्ष गोकुल श्रेष्ठले ब्यवसायीहरुलाई कर्जा प्रवाह गर्दा ब्याजदर लगायतमा सहुलियत दिन आग्रह गरे ।

सहकारीका अध्यक्ष टस बहादुर श्रेष्ठको प्रमुख आतिथ्यता भएको कार्यक्रममा संस्थाको नित नियम सेवा सुविधा सहित विशेष उपचार कोषको बारेमा सहकारीका सचिव भूपाल बस्नेत, संस्थाको मोबाइल बैङ्किङ सहित प्रविधिको बारेमा सहकारीका आइटी प्रमुख तारानाथ सेडाईं र संस्थाको वर्तमान कारोबार अवस्थाका बारेमा दमक सेवा केन्द्र प्रमुख सुजन भण्डारीले सहजीकरण गरेको दमक सेवा केन्द्र व्यवस्थापन समिति सदस्य गिरिराज भट्टराईले जानकारी दिए ।

कार्यक्रममा कर्णाली सहकारीका उपाध्यक्ष ईश्वरी प्रसाद खरेल, कोषाध्यक्ष एकराज विष्ट सहित दमक सेवा केन्द्रका व्यवस्थापन उप समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो ।

दमक सेवा केन्द्र अन्तर्गत रहेका सदस्यहरूलाई सञ्चालन गरिएको कार्यक्रममा ७३ जना सेयर सदस्यहरूको सहभागिता रहेको थियो ।