धरान : धरान प्रहरीले १ किलो ९ सय ग्राम गाँजा सहित एक जनालाई भानुचौकबाट पक्राउ गरेको छ ।

बुधवार मध्यान्ह १२ बजेको समयमा धरानको भानुचौकबाट धनकुटा नगरपालिका वडा नं. ९ बेलहराबेसी  बस्ने २३ वर्षीय कमल विष्टलाई इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

विष्टको साथबाट १ किलो ९ सय ग्राम परिणामको गाँजा बरामद भएको प्रहरीले जनाएको छ । आज उनलाई सुनसरी जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिएका छन् ।

Gaja