धरान : नेपाल टेलिभिजन मार्फत प्रसारित सिङ्गिङ रियालिटी शो 'नेपाल स्टार'को उपाधि पोखराकी एलिना गुरुङले जितेकी छन् ।

उपाधिसँगै उनले ३५ लाख नगद पुरस्कार जितेकी हुन् । ‘शो’को फाइनलमा स्थान बनाएका अन्य तीन प्रतिस्पर्धी लक्ष्मण लिम्बु, सुरेश लामा र सन्देश लामाले जनही ५ लाख रुपैयाँ पाएका छन् ।

विजेताले त्यसमा थप ३० लाख रुपैयाँ पाएसँगै शो विजेताले कुल ३५ लाख रुपैयाँ नगद पाएका हुन् ।

‘शो’को विजेता बनेसँगै एलिनाले १ करोड रुपैयाँ बराबरको इन्सुरेन्स पोलिसी पनि पाएकी छन् । अन्य तीन उपविजेताले पनि ५० लाख रुपैयाँ बराबरको पोलिसी पाएका छन् ।