इटहरी : नेपाली मोबाइल बजारमा दुई नम्बर बन्ने लक्षका साथ आक्रामक प्रचार सुरु भएको छ । भर्खरै बजारमा आएको Y12S ब्रान्डको लन्च गर्ने क्रममा प्रचार अगाडि बढाइएको हो ।

६.५ इन्चको स्क्रिन रहेको Y-12-S मोबाइलमा ५ हजार MH को ब्याट्री रहेको छ । १७ हजार ९ सय ९९ रुपैयाँ बजार मूल्य रहेपनि अग्रिम बुकिङ गर्नेको लागि १ हजार छुट गरिएको छ ।

२००९ मा स्थापना भएको भिभोले २०११ मा स्मार्टफोन निर्माण गरेको थियो । हाल ३८ वटा देशमा ब्रान्च खोलेको भिभो हाल विश्व बजारमा ५ औँ स्थानमा छ ।

Vivo-Promotion-2

पूर्व क्षेत्रको एरिया सेल्स म्यानेजर निमेष घिमिरेका अनुसार काठमाडौँमा मात्र लन्च गर्ने परम्परालाई त्यागेर पूर्वमा नयाँ सुरुवात गरिएको हो । काठमाडौँमा केन्द्रित बजार विकेन्द्रीकरण भएकोले पूर्वका मुख्य सहरहरूमा नयाँ मोडेल लन्च गरिएको उनले बताए ।

सोही क्रममा इटहरीको इन्टुरिस्ट होटेलमा लन्च कार्यक्रम गरिएको हो ।

नेपालको लागि चाइनिज प्रतिनिधि मिस्टर एन डि ले २०१९ को कोरोना महामारी जस्तो विषम परिस्थितिमा पनि काम गरेको भन्दै उनले धन्यवाद दिए । आजको यो कार्यक्रम y12s मार्फत भिभोलाई बिश्वको नम्बर दुई ब्रान्ड बनाउने लक्ष रहेको उनले सुनाए ।

इटहरीको लागि आधिकारिक डिस्ट्रीब्युटर्स रोहित कार्कीले भिभोले ३ बर्षको दौरानमै आफ्नो छुट्टै पहिचान बनाएको बताए । खुद्रा व्यापारीले मोबाइल व्यापारमा राजदुतको भुमिका खेल्नु भएको भन्दै उनले धन्यवाद दिए । अहिले बजारमा चलेका अन्य मोडेल भन्दा भिभोले ग्राहक र व्यापारी दुवैलाई फाइदा पुर्याएको उनको भनाइ छ ।