धरानमा खुल्यो सत्यम डेरी उद्योग

  • फाल्गुन ४, २०७७
  • ३३५ पटक पढिएको
  • कपुरी न्यूज
alt

धरान : धरानमा दुग्धजन्य उत्पादनको विक्री गर्न सत्यम डेरी उद्योग आज देखि सञ्चालनमा आएको छ ।

धरान-९ को आचार्य लाइनमा खुलेको उद्योगको उद्घाटन धरान उपमहानगरपालिका ९ नम्बर वडाका वडाध्यक्ष रत्न कटुवालले उद्घाटन गरेका थिए ।

उद्घाटन पछि बोल्दै कटुवालले स्थानीय उपभोक्तालाई दुग्धजन्य पदार्थहरू गुणस्तरीय र सुलभ दरमा उपलब्ध गराउने विश्वास लिएको बताए ।

अहिले दुग्धजन्य पदार्थहरू गुणस्तरीय नहुने जनगुनासो आउने गरेको भन्दै उनले सत्यम डेरी उद्योगले त्यस्ता गुनासोहरूलाई आउन नदिने तर्फ आफूलाई स्थापित गर्ने विश्वास लिएको बताए ।

सत्यम डेरी उद्योगले धरानका आफ्ना उपभोक्तालाई दूधजन्य पदार्थको शुद्धतामा कमजोरी हुन नदिने सङ्कल्प लिएको उद्योगका निर्देशक योगेशबाबु काफ्लेले बताए ।

स्थानीय उत्पादन उपभोक्ताले खोजेजस्तै गरी उपलब्ध गराउने उद्देश्य लिएर डेरी उद्योग सञ्चालनमा ल्याएको काफ्लेले बताए । उद्योगका बजार निर्देशक ऋषिराज निरौलाले सत्यम डेरीले उपभोक्ताको माग बमोजिम गाई तथा भैसिको दूध उपलब्ध गराउने बताए ।

‘हामीसँग किसानहरूबाट सङ्कलन गरेर ल्याइएको ताजा दूध र त्यसबाट उत्पादन हुने दही,घ्यु,मोही,पनिर जस्ता उत्पादनहरू छन्’ उनले भने ‘यी कुनै पनि उत्पादनमा एक प्रकारको गुणस्तर रहने छ ।

निरौलाका अनुसार सत्यम डेरीले कामधेनु दुग्धका ग्राहकहरूलाई पनि सेवा दिने छ । हामी कामधेनु दग्धको पनि आधिकारिक विक्रेता हौ कामधेनुका उपभोक्ताले पनि हामीबाट सेवा लिन सक्नेछन् । उनले अब धरानमा आफ्नो शाखा विस्तार गर्ने र उपभोक्तालाई गुणस्तरीय बस्तु दिने बताए ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2021 - Kapurinews.com All rights reserved