धरान : धरानमा आज बिहान सम्पन्न नवौंं संस्करणको प्रभु बैङ्क धरान १० के रनमा पुरुष तर्फ नेपाली सेनाका गजेन्द्र राई र महिला तर्फ सशस्त्र प्रहरीका सन्तोषी श्रेष्ठ विजयी भएका छन् ।

आज बिहान धरानको पुतलीलाईबाट सुरु भएको धरान टेन के रनमा विगतको तुलनामा अत्यन्तै कम सहभागीलाई मात्रै सहभागी गराएर कार्यक्रम गरिएको थियो । जस अनुसार धरान रनले उनीहरूको दक्षता अनुसार छनौट गरेर १ सय ४१ जनालाई मात्रै सहभागी गराएको थियो ।

जस अनुसार आज सम्पन्न रनमा पुरुष तर्फ नेपाली सेनाका गजेन्द्र राईले २५ मिनेट २१ सेकेन्डमा दश किलोमिटरको दुरी पार गरी प्रथम भएका छन् भने नेपाली सेनाकै टङ्क बहादुर कार्कीले ३३ मिनेट ५४ सेकेन्डमा दुरी पार गरी दोस्रो र दीपेन्द्र दनुवारले ३४ मिनेटमा दुरी पार गरी तेस्रो स्थान हासिल गरेका छन् ।

यसै गरी महिला तर्फ सशस्त्र प्रहरीका सन्तोषी श्रेष्ठले ३८ मिनेट १० सेकेन्डमा दश किलोमिटरको दुरी पार गरी प्रथम स्थान हासिल गरेकी छिन भने भोजपुरका खिम्नमाया राईले ४२ मिनेट ७ सेकेन्डमा दुरी पार गरी दोस्रो र जुम्लाकी वन्दना बुढाले ४३ मिनेट ४८ सेकेन्डमा  दुरी पुरा गरी तेस्रो स्थान हासिल गर्न सफल भएकी छिन् ।

विगतमा विभिन्न क्याटोगरीमा प्रतियोगिता हुने गरेकोमा यस पटक दुई क्याटोगरी महिला र पुरुषमा मात्रै भएको हो । रनमा प्रथमले ५० हजार, दोस्रोले ३० हजार र तेस्रोले २० हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

10-k-run-Purush 10-k-run-Mahila 10-k-Run-3 10-k-Run-4 10-k-Run-5 10-k-Run-610-k-Run-2