धरान : धरानका सबै क्षेत्रमा आज ८ घण्टा विद्युत अवरुद्ध हुने भएको छ ।

बिहान ९ बजे देखी साँझ ५ बजेसम्म क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने नेपाल विद्युत् धरान वितरण केन्द्र धरानका प्रमुख प्रताप बरालले जानकारी दिएका छन् ।

बरालका अनुसार ३३ केभी धरान सर्किटको टावर नं ४८ देखि टावर नं ४९ सम्म कण्डक्टर  परिवर्तन गर्नुपर्ने भएकोले धरान फिडर सटडाउन हुने केन्द्रले जनाएको छ ।

धरान केन्द्रअन्तर्गतको सेवा क्षेत्र धरानको सम्पूर्ण वडा र बराहक्षेत्र नगरपालिकाको वडा नं १ र २ मा लाइन अवरुद्ध हुनेछ ।

उल्लेखित समय भन्दा अगावै काम सम्पन्न भए लाइन अगावै सुचारु हुने धरान वितरण केन्द्रले जनाएको छ ।
bejuli-office--notice-12-11