इटहरी : इटहरी उपमहानगरको आठौँ नगर सभा सुरु भएको छ ।

नगर सभालाई सम्बोधन गर्दै नगरप्रमुख द्धारिकलाल चौधरीले कोभिड-१९ का कारण पूरक बजेट ल्याउन बाध्य हुनु परेको बताए ।

उनले सातौँ नगर सभाले स्वीकृत गरेको बजेट नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्ने क्रममा कोभिड १९ का कारण राजश्वमा परेको प्रभावले स्वीकृत योजना तथा कार्यक्रममा प्रभाव परेको बताए ।

सभामा उपप्रमुख लक्ष्मी गौतमले १ अर्ब ९५ करोड ४० लाखको संशोधित पूरक आय व्यय अनुमान प्रस्तुत गरेका छन् ।

यसै गरी सभामा उपमेयर गौतमले विनियोजन ऐन विधेयक,आर्थिक ऐन संशोधन विधेयक,विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न वनेको विधेयक,इटहरी स्वास्थ्य ऐनका सम्बन्धमा वनेको विधेयक,इटहरी भू-उपयोग तथा जग्गा व्यवस्थापन गर्न वनेको विधेयक र टोल विकास संस्था सञ्चालन तथा व्यवस्थापन गर्न वनेको विधेयक २०७७ पेस गरेका छन् ।

चालु नगर सभामा अर्को बैठक फागुन २५ गते बस्ने छ ।