इटहरी : निशान गाडीको नेपालका लागि आधिकारिक बिक्रेता पायोनियर मोटोकर्प प्रालिले इटहरीमा श्रीजा मोर्टस शोरुम सञ्चालनमा ल्याएको छ ।

मोर्टस शोरुमको सञ्चालन सँगै निशानको नयाँ म्याग्नाइट गाडीको लन्च गरिएको मोर्टस शोरुमका प्रबन्ध निर्देशक नवीन खतिवडाले बताए ।

नाडाका केन्द्रीय सदस्य कपिल सिवाकोटी र नेपाल विज्ञापन सङ्घ प्रदेश नम्बर १ का अध्यक्ष एवम् प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले म्याग्नाइट गाडीको संयुक्त रूपमा लन्च गरेका थिए ।

निशानको उक्त गाडीको मूल्य २९ लाख ४९ हजारदेखि सुरु भएर ४२ लाख ७९ हजार सम्म रहेको कम्पनीका डिलर इन्चार्ज आशिष् दाहालले बताए ।

२ सय ५ एम एम ग्राउन्ड क्लियरेन्स रहेको उक्त गाडिले माइलेज समेत निकै राम्रो भएको कम्पनीको दाबी छ । म्याग्नाइटमा २० भन्दा बढी प्रथम श्रेणी र वेस्ट इन सेगमेन्टका सुविधाहरू छन् जसले उपभोक्ताहरूलाई नवीनतम रूपमा आधिकारिकता अनुभव गर्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

निशान गाडीका पारखीहरूलाई अब इटहरीबाटै उत्कृष्ट सेवा दिने कुरामा आफूहरू प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ । पूर्वमा हाल निशानको अहिलेको इटहरी शोरुमसंगै विराटनगर सहित बिर्तामोडमा शोरुम रहेको कम्पनीले जनाएको छ ।