धरान : धरान उपमहानगरपालिकाको मुख्य बजार मध्येको देशिलाईनमा रहेका व्यापारीहरूको सामूहिक समिति गठन भएको छ।

सोमबार सम्पन्न भएको बृहत् भेलाले गङ्गाराम राईको अध्यक्षतामा ११ सदस्यीय देशिलाईन व्यवसायी समिति नामक संस्था गठन गरेको छ।टेकचन्द्र श्रेष्ठ विनोद तामाङको संयोजकत्व र टोल विकास संस्था देशिलाईनका अध्यक्ष सुधीर लिम्बुको प्रमुख आतिथ्यमा भएको सो भेलाले नयाँ तदर्थ समिति गठन गरेको हो।

तदर्थ समितिमा उपाध्यक्षमा पदम श्रेष्ठ, सचिव टेकचन्द्र श्रेष्ठले,सहसचिव विनोद तामाङ कोषाध्यक्ष मिना गुरुङ, सदस्यहरूमा छुनु तामाङ, कविता योङ्हाङ,सन्तोष राई,युवराज दाहाल,चन्दन साह रहेका छन्।

व्यापारी व्यवसायीको हक हित अधिकार तथा देशिलाईन बजार व्यवस्थापन सुधार तथा व्यापारी आपसी मेलमिलाप समेतको उद्देश्य राखी व्यवसायी समिति गठन गरिएको कुरा नव गठित समितिका अध्यक्ष गङ्गाराम राईले बताए।

देशिलाईनमा विभिन्न व्यापारी व्यवसायी करिब दुई सय जनाको सङ्ख्यामा रहेका छन्।